Shadow

सुचना

अब मोबाइलबाटै श्रम कानुन कार्यान्वयन नगर्नेविरुद्ध उजुरी दिन सक्ने

अब मोबाइलबाटै श्रम कानुन कार्यान्वयन नगर्नेविरुद्ध उजुरी दिन सक्ने

सुचना
प्रविधिको विकास भएसँगै अड्डा अदालती कामकाजमा पनि अब सजिलो हुँदै गएको छ । सानो कामलाई पनि लामो लाइन दिनौंको कुराईलाई प्रविधिले अन्त्य गरिदिएको छ । अन्य क्षेत्रमा जस्तै श्रम अदालतमा पनि अब भने मोबाइल (इमेल) बाटै उजुरी हाल्न सकिने भएको हो । श्रम कानुनको प्रभावकारी कार्यान्वयन नगर्ने उद्योग, प्रतिष्ठान, व्यवसाय र सेवा क्षेत्रका प्रतिष्ठानविरुद्ध श्रमिकले मोबाइलबाटै उजुरी दिन सक्ने छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले पहिलो चरणमा ५ सयभन्दा बढी श्रमिक कार्यरत प्रतिष्ठानबाट यस्तो कडाइ सुरु गरिएको जनाएको छ । विभागका अनुसार असुल श्रम सम्बन्ध स्थापित गराउन श्रम कानुनको परिपालना हुनुपर्छ । सोहीकारण अब विभागको मोबाइल नम्बर ९८५१३५०४५१ मा भाइबर, ह्वाट्सएप, ट्वीटरमार्फत सूचना दिन सकिने भएको छ । विभागले यस्तो प्रतिष्ठानको नाम र ठेगानासहित स...
श्रमजीवी-पत्रकार संघद्धारा माउन्टेन टिभीमा आन्दोलनको घोषणा

श्रमजीवी-पत्रकार संघद्धारा माउन्टेन टिभीमा आन्दोलनको घोषणा

मिडिया कभरेज, सुचना, हाम्राे गतिविधि
काठमाडौ । घरजग्गा कारोबारी राजु कँडेलले संचालन गर्दे आएको माउन्टेन टिभीमा त्यहाँ कार्यरत पत्रकार कर्मचारीलाई श्रमजीवी पत्रकार ऐन अनुसार पारिश्रमिक सेवा सुविधा नदिएपछि श्रमजीवी-पत्रकार संघ, नेपालले आन्दोलनको घोषणा गरेको छ । त्यहाँ हाल कार्यरत र बिगतमा काम गरेका पत्रकार र कर्मचारीलाई श्रमजीवी पत्रकार ऐन अनुसार सेवा सुविधा नदिएको, बाँकी बक्यौता भुक्तानी नगरेकाे भन्दै श्रमजीवी-पत्रकार संघ, नेपालमा उजुरी परेको थियो । संघकाे तर्फबाट अध्यक्ष जन्मदेव जैसीले यस अघि पटक पटक श्रमजीवी पत्रकारहरुको माग संवोधन गर्न अध्यक्ष कँडेललाई ध्यानाकर्षण गराएपनि कँडेलले बिभिन्न बहानामा त्यसलाई टार्दै आएका थिए । श्रमजीवी पत्रकार ऐनमा वार्षिक एक महिना बराबरको चाडपर्व खर्च, त्यसैगरी १ महिना बराबरको औषधी उपचार खर्च,संचयकोष,उपदान लगायतका सेवा सुविधा श्रमजीवी पत्रकारलाई उपलब्ध गराउनु पर्ने उल्लेख छ । तर माउन्टेनले...
‘पत्रकारका वास्तविक मुद्दा श्रमजीवी-पत्रकार संघले बाेकेकाे छ’

‘पत्रकारका वास्तविक मुद्दा श्रमजीवी-पत्रकार संघले बाेकेकाे छ’

भिडियाे, सुचना
काठमाडौ । असार ३० गते, श्रमजीवी-पत्रकार संघ, नेपालकाे स्थापना दिवस । प्रथम वार्षिकोत्सबमा निम्त्याइएका सञ्चार क्षेत्रका प्रभुत्व वर्गले एकस्वरमा भने,"पत्रकारका वास्तविक मुद्दा श्रमजीवी-पत्रकार संघ,नेपालले बाेकेकाे छ, यसकाे संरक्षण, विकास र भूमिका सञ्चारक्षेत्रमा अनिवार्य बनेकाे छ ।" उनीहरुले श्रमजीवीमा समस्या पहिचानसँगै निधानका विषयमा संघ र यसका अध्यक्ष जन्मदेव जैसीले खेलेकाे भूमिका अतुलनीय भएकाे बताए । न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्काले न्युनतम पारिश्रमिक निर्धारण समिति श्रमजीवी-पत्रकार संघ, नेपालसँग सहकार्य गरेर श्रमजीवीकाे हित र प्रवर्द्धन र संरक्षणका लागि परिणामुखी काम गर्ने इच्छा व्यक्त गरिन् । प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकाेटा जुगलले संघले खेलेकाे ऐतिहासिक भूमिकाकाे खुलेर प्रसंसा गर्दै आस्थाले जाेजहाँसुकै भएपनि श्रमजीवीकाे।पेशागत सुरक्षाका लाग...
यसकारण चाहिन्छ विद्यालयमै मिडिया साक्षरता

यसकारण चाहिन्छ विद्यालयमै मिडिया साक्षरता

सुचना
मिडिया साक्षरताले सुसज्जित विद्यार्थीले समाजका वर्चस्वशाली विचारधारा र भाष्यहरूलाई चुनौती दिँदै आफ्नै वैकल्पिक मिडिया सिर्जना गर्न सक्छन्। इन्टरनेटमा आधारित सामाजिक सञ्जाल र माध्यमहरूलाई नियमन गर्ने प्रयास असान्दर्भिक होइन, तर वाक् तथा अभिव्यक्ति स्वतन्त्रताको दृष्टिले यो प्रत्युत्पादक हुन सक्छ। किनभने, नियमन माध्यमहरूको व्यापारमा होइन, प्रयोगकर्ताको अभिव्यक्तिमा हुने प्रष्ट छ। अनलाइन माध्यमबाट गरिने भिडिओ प्रसारणलाई नियन्त्रण गर्ने गरी भएको राष्ट्रिय प्रसारण नियमावली संशोधन एक उदाहरण हो। नियमनका नाममा नियन्त्रण लोकतन्त्रमा स्वीकार्य हुँदैन। मिडियालाई व्यवस्थित बनाउने दिगो उपाय भनेकै आम पाठकहरूलाई शिक्षित बनाउनु हो, ताकि उनीहरूले मिडियाका सन्देश र समाचार सामग्रीलाई सजिलै परख गर्न सकून्। मिडियाको अन्तर्वस्तु र सन्देशबारे नागरिकसम्म व्यापक सचेतना फैलाएर मात्र सशक्त समाज निर्माण गर्...
पाँच दिनपछि पत्रकार महासंघकाे क्रमशः धर्ना, घर घेराउ र सत्याग्रह

पाँच दिनपछि पत्रकार महासंघकाे क्रमशः धर्ना, घर घेराउ र सत्याग्रह

प्रेस विज्ञप्ति, ब्लोअप, भिडियाे, मनोरञ्जन, मिडिया कभरेज, सन्दर्भ समाग्री, सुचना, सुचना प्रविधि, हाम्राे गतिविधि
काठमाडौं । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐन अन्तर्गत ताेकिएकाे पारिश्रमिक र सेवासुविधा नदिने सञ्चारगृहमै सत्याग्रह गर्ने भएकाे छ । महासंघका महासचिव रमेश विष्टद्वारा हस्ताक्षरित चेतावनी पत्रमा अबकाे पाँच दिनभित्र समस्या हल नगरे धर्ना हुँदै सत्याग्रहसम्मका कार्यक्रम तय गरेकाे छ । पहिलाे चरणमा काराेबार दैनिक, अन्नपुर्ण दैनिक र राजधानी दैनिकमा पत्राचार गरि समस्या हलका लागि महासचिवद्वारा हस्ताक्षरित पाँच दिनकाे अल्टिमेटम पत्र विहिवार नै बुझाइएकाे त्यसपछि धर्ना, साहुहरुकाे घर घेराउ र सत्पाग्रहकाे कार्यक्रम तय भएकाे केन्द्रीय सदस्य जन्मदेव जैसीले जानकारी दिए । कोरोना महामारीको बहानामा अन्यायपूर्वक निष्कासित पत्रकारहरुको स-सम्मान पुनर्बहालीको माग गर्दै महासंघले धर्ना-घेराउदेखि सत्याग्रहसम्मका कार्यक्रम बनाइएकाे श्रमजीवी हित प्रवर्द्धन समितिका सह-संयाेजकसमेत रहेका जैसीले जनाए । निष्कासि...
महाव्याधिमा नेपाली मिडिया

महाव्याधिमा नेपाली मिडिया

प्रेस विज्ञप्ति, ब्लोअप, भिडियाे, मनोरञ्जन, मिडिया कभरेज, सन्दर्भ समाग्री, सुचना, सुचना प्रविधि, हाम्राे गतिविधि
विषय प्रवेश दुई विशेष सन्दर्भबाट कोभिड–१९ विश्‍वव्याधिमा उद्‍घाटित नेपाली मिडियाको मूल चरित्रमाथि बहस थालौँ । पहिलो, कोभिड–१९ विश्‍वव्याधि पाठक/स्रोता/दर्शकलाई इतिहासमै सर्वाधिक सही सूचना आवश्यक परेको बेला हो । स्वास्थ्य संकटको समयमा भ्रामक सूचनाहरूको बाढीका कारण संयुक्त राष्ट्रसंघले विश्‍वव्याधिपछिको सूचना वातावरणलाई ‘इन्फोडेमिक’ अर्थात् सूचना महामारी नामकरण गर्‍यो । राष्ट्रसंघका अनुसार विश्‍वमा कोभिड–१९ फैलिएसँगै द्वेष वा वैरभाव उत्पन्‍न गर्ने, दोषी करार गर्ने, आतंकित पार्ने खालका तथा मिथ्या सूचनाहरूको बाढी आएको छ । यस्ता भ्रमपूर्ण सूचनाहरू इन्टरनेट र सोसल मिडियाको बढ्दो प्रयोगले झन् छिटो फैलिन्छन् । यस्ता सूचनाहरूले मानिसहरूको आचार–व्यवहार र स्वास्थ्यमा पनि प्रभाव पार्न सक्छन् । प्रामाणिक सूचना जीवनदायी हुन्छन् भने भ्रमपूर्ण सूचना र अफवाहले समाजमा ठूलो क्षति पनि पुर्‍याउन सक्छन् ।...