Shadow

प्रेस विज्ञप्ति

काउन्सिलकाे क्षेत्राधिकार नखाेस्न श्रमजीवी-पत्रकार संघकाे माग

काउन्सिलकाे क्षेत्राधिकार नखाेस्न श्रमजीवी-पत्रकार संघकाे माग

प्रेस विज्ञप्ति, हाम्राे गतिविधि
काठमाडौ, १९ भदाै । संसदमा प्रस्तुत मिडिया काउन्सिल विधेयकमा काउन्सिललाई सरकारप्रति नभई संसदप्रति उत्तरदायी बनाउने गरि कानुनी व्यवस्था गर्न श्रमजीवी-पत्रकार संघ,नेपालले माग गरेकाे छ । प्रस्तावित विधेयकमा संविधानकाे प्रस्तावनामा उल्लेखित पूर्ण प्रेस स्वतन्त्रता विपरित बुँदा समेटिएकाेमा गम्भीर ध्यानाकर्षण गराउँदै संघका अध्यक्ष जन्मदेव जैसीले काउन्सिलकाे क्षेत्राधिकार नखाेस्न चेतावनीसमेत दिएका छन् । विज्ञप्तिमार्फत आफुहरुले उठाएका मागहरु समेटेर विधेयम संशाेधन नभए कडा संघर्षमा उत्रने चेतावनी पनि दिएका छन् । राष्ट्रियसभाको विधायन व्यवस्था समितिद्धारा गठित उपसमितिमा सरोकारवालाले दिएका असहमतिका बुँदालाई नराखेरै पेश हुनु प्रचलित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता अनुसार सञ्चार क्षेत्रलाई स्वतन्त्र र स्वायत्त बनाउन सरकार तयार नभएको स्पष्ट हुन्छ । गत शनिवार एक विज्ञप्ति जारी गर्दै अध्यक्...
पत्रकार महिलालाई न्याय र श्रमकाे सम्मान दिलाउन श्रमजीवी-पत्रकार संघकाे माग

पत्रकार महिलालाई न्याय र श्रमकाे सम्मान दिलाउन श्रमजीवी-पत्रकार संघकाे माग

प्रेस विज्ञप्ति
काठमाडौँ। तीन वर्षअघि काम गरेको सञ्चार संस्थाका सञ्चालकको प्रेम प्रस्ताव अस्वीकार गर्दा निरन्तर मानसिक यातना खेप्दै आएकी पत्रकार कञ्चन न्यौपानेलाई न्याय दिलाइ पीडक माधव गुरागाइँलाई हदैसम्मकाे कारवाही गर्न श्रमजीवी-पत्रकार संघ, नेपालले सरकारसमक्ष माग गरेकाे छ । साथै संघले वषाैंदेखि नेपाल आजमा काम गर्दै आएका पत्रकारहरूकाे पारिश्रमिक उपलब्ध गराउन पनि सराेकारवाला निकायकाे ध्यानाकर्षण गरेकाे छ । संघका अध्यक्ष जन्मदेव जैसीले आइतवार एक विज्ञप्तिमार्फत् चेतावनी दिंदै यदि आफूहरूले उठाएका माग पुरा नभए सराेकारवाला निकाय र स्वयं पीडक संस्थाविरूद्ध आन्दाेलनमा जाने बताएका छन् । नेपाल आजमा काम गर्ने वातावरण नभएपछि संस्था छाडेकी पत्रकार कञ्चन न्याैपानेले  त्रासदीपूर्ण हैरानी बेहोर्नुपरेको एक लेखमार्फत यसैसाता खुलासा गरेकी छन् । अनेक बहानामा आफूलाई मात्र होइन, परिवार, आफन्त र सहकर्मीसम्मलाई फोन र म्य...
पाँच दिनपछि पत्रकार महासंघकाे क्रमशः धर्ना, घर घेराउ र सत्याग्रह

पाँच दिनपछि पत्रकार महासंघकाे क्रमशः धर्ना, घर घेराउ र सत्याग्रह

प्रेस विज्ञप्ति, ब्लोअप, भिडियाे, मनोरञ्जन, मिडिया कभरेज, सन्दर्भ समाग्री, सुचना, सुचना प्रविधि, हाम्राे गतिविधि
काठमाडौं । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐन अन्तर्गत ताेकिएकाे पारिश्रमिक र सेवासुविधा नदिने सञ्चारगृहमै सत्याग्रह गर्ने भएकाे छ । महासंघका महासचिव रमेश विष्टद्वारा हस्ताक्षरित चेतावनी पत्रमा अबकाे पाँच दिनभित्र समस्या हल नगरे धर्ना हुँदै सत्याग्रहसम्मका कार्यक्रम तय गरेकाे छ । पहिलाे चरणमा काराेबार दैनिक, अन्नपुर्ण दैनिक र राजधानी दैनिकमा पत्राचार गरि समस्या हलका लागि महासचिवद्वारा हस्ताक्षरित पाँच दिनकाे अल्टिमेटम पत्र विहिवार नै बुझाइएकाे त्यसपछि धर्ना, साहुहरुकाे घर घेराउ र सत्पाग्रहकाे कार्यक्रम तय भएकाे केन्द्रीय सदस्य जन्मदेव जैसीले जानकारी दिए । कोरोना महामारीको बहानामा अन्यायपूर्वक निष्कासित पत्रकारहरुको स-सम्मान पुनर्बहालीको माग गर्दै महासंघले धर्ना-घेराउदेखि सत्याग्रहसम्मका कार्यक्रम बनाइएकाे श्रमजीवी हित प्रवर्द्धन समितिका सह-संयाेजकसमेत रहेका जैसीले जनाए । निष्कासि...
महाव्याधिमा नेपाली मिडिया

महाव्याधिमा नेपाली मिडिया

प्रेस विज्ञप्ति, ब्लोअप, भिडियाे, मनोरञ्जन, मिडिया कभरेज, सन्दर्भ समाग्री, सुचना, सुचना प्रविधि, हाम्राे गतिविधि
विषय प्रवेश दुई विशेष सन्दर्भबाट कोभिड–१९ विश्‍वव्याधिमा उद्‍घाटित नेपाली मिडियाको मूल चरित्रमाथि बहस थालौँ । पहिलो, कोभिड–१९ विश्‍वव्याधि पाठक/स्रोता/दर्शकलाई इतिहासमै सर्वाधिक सही सूचना आवश्यक परेको बेला हो । स्वास्थ्य संकटको समयमा भ्रामक सूचनाहरूको बाढीका कारण संयुक्त राष्ट्रसंघले विश्‍वव्याधिपछिको सूचना वातावरणलाई ‘इन्फोडेमिक’ अर्थात् सूचना महामारी नामकरण गर्‍यो । राष्ट्रसंघका अनुसार विश्‍वमा कोभिड–१९ फैलिएसँगै द्वेष वा वैरभाव उत्पन्‍न गर्ने, दोषी करार गर्ने, आतंकित पार्ने खालका तथा मिथ्या सूचनाहरूको बाढी आएको छ । यस्ता भ्रमपूर्ण सूचनाहरू इन्टरनेट र सोसल मिडियाको बढ्दो प्रयोगले झन् छिटो फैलिन्छन् । यस्ता सूचनाहरूले मानिसहरूको आचार–व्यवहार र स्वास्थ्यमा पनि प्रभाव पार्न सक्छन् । प्रामाणिक सूचना जीवनदायी हुन्छन् भने भ्रमपूर्ण सूचना र अफवाहले समाजमा ठूलो क्षति पनि पुर्‍याउन सक्छन् ।...