Shadow

अब मोबाइलबाटै श्रम कानुन कार्यान्वयन नगर्नेविरुद्ध उजुरी दिन सक्ने


  • -इ
  • इ+

प्रविधिको विकास भएसँगै अड्डा अदालती कामकाजमा पनि अब सजिलो हुँदै गएको छ । सानो कामलाई पनि लामो लाइन दिनौंको कुराईलाई प्रविधिले अन्त्य गरिदिएको छ ।

अन्य क्षेत्रमा जस्तै श्रम अदालतमा पनि अब भने मोबाइल (इमेल) बाटै उजुरी हाल्न सकिने भएको हो । श्रम कानुनको प्रभावकारी कार्यान्वयन नगर्ने उद्योग, प्रतिष्ठान, व्यवसाय र सेवा क्षेत्रका प्रतिष्ठानविरुद्ध श्रमिकले मोबाइलबाटै उजुरी दिन सक्ने छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले पहिलो चरणमा ५ सयभन्दा बढी श्रमिक कार्यरत प्रतिष्ठानबाट यस्तो कडाइ सुरु गरिएको जनाएको छ ।

विभागका अनुसार असुल श्रम सम्बन्ध स्थापित गराउन श्रम कानुनको परिपालना हुनुपर्छ । सोहीकारण अब विभागको मोबाइल नम्बर ९८५१३५०४५१ मा भाइबर, ह्वाट्सएप, ट्वीटरमार्फत सूचना दिन सकिने भएको छ । विभागले यस्तो प्रतिष्ठानको नाम र ठेगानासहित सूचना दिन भनेको छ ।

कस्तो अवस्थामा कानुनको परिपालना नभएको मानिन्छ ?

विभागबाट जारी परिपत्रअनुसार श्रम ऐन २०७४ को दफा ११ बमोजिम नियुक्ति पत्र वा रोजगार सम्झौता नगरी काममा लगाउन पाइँदैन । न्यूनतम पारिश्रमिक कार्यान्वयन नभएको, श्रम ऐनबमोजिम इजाजत पत्र नलिई श्रमिक आपूर्ति गर्ने र त्यस्तो आपूर्तिकर्तामार्फत श्रमिक आपूर्ति गरी काममा लगाएका प्रतिष्ठानहरुले समेत कानुन उल्लंघन गरेको ठहरिने छ ।

नियमित रोजगारी प्रकृतिको काममा आपूर्तिकर्तामार्फत काममा लगाएको, बालश्रम प्रयोग गरेको, बोनस ऐनअनुसार वासलातमा नाफा नोक्सानको विवरण सम्बन्धित श्रम तथा रोजगार कार्यालयमा पेश नगरेको, राष्ट्रियस्तरको कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम जम्मा नगरेको हकमा समेत कानुन आकर्षित हुने भएको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भई योगदान नगरेमा वा श्रम इजाजत प्राप्त नगरी विदेशी नागरिकलाई काममा लगाएको पाइएमा समेत उजुरी दिन सकिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्