Shadow

नीतिहरू

श्रमजीवी-पत्रकार संघ, नेपाल

श्रमजीवी-पत्रकार संघ, नेपाल पत्रकारहरुको साझा र स्वतन्त्र संस्था हो । पत्रकारहरुको व्यावसायिक हकहित, पेशागत सुरक्षा, क्षमता विकास र पत्रकारिताको विकासका लागि संघ सक्रिय छ । पत्रकारहरुलाई संगठित गर्दै व्यावसायिक नेतृत्व प्रदान गर्ने र श्रमजिवी पत्रकारहरुको हकहित रक्षा गर्दै सम्पूर्ण सञ्चार क्षेत्रको विकासका लागि काम गर्नु यस संघको मूल ध्येय, लक्ष्य र दायित्व हो । त्यसका लागि श्रमजीवी-पत्रकार संघ, नेपालले नीतिगत तथा व्यवहारिक पक्षबाट प्रेस स्वतन्त्रताको प्रतिरक्षा र प्रवर्द्धन गर्ने, पत्रकारहरुको भौतिक, सामाजिक तथा पेशागत सुरक्षा सुनिश्चितताका लागि काम गर्दै आएकाे छ ।