पारिश्रमिक बृद्धिका लागि अर्थ मन्त्रालयमै धर्ना
फागुन १४, काठमाडौं । श्रमजीवी–पत्रकार संघ, नेपालले श्रमजीवीहरुको पारिश्रमिक मन्त्रीपरिषदबाट निर्णय गरी तत्काल बृद्धि गर्न दबाब दिन अर्थ मन्त्रालयमै धर्ना दिने भएको छ । यो साताभरी प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा गइसकेको पत्रकारको पारिश्रमिक बृद्धिको फाइल क्याविनेटमा लगेर निर्णय नभए मन्त्रालयकै प्राङगडमा धर्ना बस्ने संघले जनाएको छ ।
अध्यक्ष जन्मदेव जैसीले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को आर्थिक तथा पूर्वाधार समितिमा धन्क्याइएको श्रमजीवी पत्रकारको पारिश्रमिक बृद्धिका लागि सिफारिश गरिएको फाइल तत्काल मन्त्रीपरिषद् बैठकमा पेश गरी पारिश्रमिक निर्धारण गर्न माग गरेका छन् । श्रमजीवी पत्रकारहरुको पारिश्रमिक प्रत्येक २÷२ वर्षमा वृद्धि गर्ने कानुनी मान्यता तोडेर ६ वर्षदेखि बढेकै छैन ।
गत २०८० जेठमा पारिश्रमिक सिफारिस भएको यतिका दिन बितिसक्दा पनि मन्त्रीपरिषद्बाट...