Shadow

‘पत्रकारका वास्तविक मुद्दा श्रमजीवी-पत्रकार संघले बाेकेकाे छ’


  • -इ
  • इ+

काठमाडौ । असार ३० गते, श्रमजीवी-पत्रकार संघ, नेपालकाे स्थापना दिवस । प्रथम वार्षिकोत्सबमा निम्त्याइएका सञ्चार क्षेत्रका प्रभुत्व वर्गले एकस्वरमा भने,”पत्रकारका वास्तविक मुद्दा श्रमजीवी-पत्रकार संघ,नेपालले बाेकेकाे छ, यसकाे संरक्षण, विकास र भूमिका सञ्चारक्षेत्रमा अनिवार्य बनेकाे छ ।”

उनीहरुले श्रमजीवीमा समस्या पहिचानसँगै निधानका विषयमा संघ र यसका अध्यक्ष जन्मदेव जैसीले खेलेकाे भूमिका अतुलनीय भएकाे बताए । न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्काले न्युनतम पारिश्रमिक निर्धारण समिति श्रमजीवी-पत्रकार संघ, नेपालसँग सहकार्य गरेर श्रमजीवीकाे हित र प्रवर्द्धन र संरक्षणका लागि परिणामुखी काम गर्ने इच्छा व्यक्त गरिन् ।

प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकाेटा जुगलले संघले खेलेकाे ऐतिहासिक भूमिकाकाे खुलेर प्रसंसा गर्दै आस्थाले जाेजहाँसुकै भएपनि श्रमजीवीकाे।पेशागत सुरक्षाका लागि सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । नेपाल प्रेस युनियनका उपाध्यक्ष इश्वरी आेझाले ट्रेड युनियन अधिकारका लागि प्रेस युनियन सँगै अघि बढ्ने भन्दै श्रमजीवीका समस्या अझै कायम रहेकाले सबै एकतावद्ब भएर लाग्नुपर्नेमा जाेड दिए ।

संघका सल्लाहकार बलराम थापा त श्रमजीवी पत्रकारहरुलाई पहिलाेचाेटी गाेलबद्ध गर्ने प्रा. डा. गाेपाल शिवाकाेटीकाे पथलाई आदर्श मानेर संघ अगाडि बढ्न खाेजेकाे देखेर खुशी लागेकाे प्रतिक्रिया दिए । थापाले भने, “हाम्रा अग्रजहरु जसरी श्रमजीवीका पक्षमा चिन्तित हुनुहुन्थ्याे, संघले पनि त्याेसँगै ट्रेड युनियन आन्दाेलनकाे दायरालाई अझ बृहत् रुपमा अघि बढ्ने कार्ययाेजना बनाएकाेमा खुशी छु ।”

राताेे खबरका प्रधानसम्पादक एवं नेकपा (बहुमत)काे प्रचार बिभाग इन्चार्ज अशाेक सुवेदीले श्रमजीवीका विषयमा लडाइँ लड्दा मालिकहरुबाट सतर्क हुनुपर्ने भन्दै पुँजीवादकाे हावा र सत्ताधारीहरुकाे श्रमविराेधी चरित्रले श्रमकाे मूल्य प्राप्तिमा अनेकाै चुनाैति रहेकाे बताए । आँट गर्नुस् जन्मदेवजी हामी सँगसँगै छाै, सुवेदीले भने, “तर सर्तक हुनुस्, मालिकहरुका षड्यन्त्रबाट बच्नुस् ।” वरिष्ठ पत्रकार मनऋषि धितालले श्रमकाे उचित सम्मानका लागि संघले खेलेकाे भूमिकाकाे खुलेर प्रशंसा गरे । सल्लाहकार भवानी बरालले भने, “जहाँ जन्मदेव त्यहाँ आन्दाेलन ? याे प्रश्न बजारमा छ, तर याे अहिलेकाे परिवेशमा यथार्थतासँगै आवश्यकता हाे ।”

अर्का सल्लाहकार दिपक पाण्डेकाे पनि आजै जन्मदिन । उहाँले सबै साथीहरुले दिएकाे जन्मदिनकाे शुभकामना ग्रहण गर्दै श्रमजीवी पत्रकार संघकाे पछिल्लाे गतिविधिबाट प्रभावित भएर आफु सल्लाहकार बन्न इच्छुक भएकाे बताए । सल्लाहकार नारायण शर्मा सल्लाह दिदै थिए, “श्रमकाे मूल्य पुँजीवादमा हुँदैन, संघले निरन्तर खवरदारी गराेस् ।” प्रेस काउन्सिलका प्रवक्ता दिपक खनालले श्रमजीवी पत्रकारका लागि संघ र अध्यक्ष जैसीले खेलेकाे भूमिकाकाे खुलेर प्रशंसा गरे । राताे खबरका सम्पादक अम्बिका चन्दले संघकाे श्रममैत्री कार्य र आन्दाेलनबाट धेरै पत्रकारहरुले न्याय पाएकाे बताइन् । “श्रमजीवी-पत्रकार संघ, नेपाल श्रमजीवीकाे श्रमकाे उचित सम्मानका लगि एउटा छुट्टै ब्राण्ड बनिसक्याे, हामी सहकार्य गर्न चाहान्छाै,” सम्पादक चन्दले भनिन् ।

सल्लाहकार दिपेन्द्र रावल, उपाध्यक्ष अम्रित भादगाउँले, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शान्ताराम बिडारी, ललितपुर अध्यक्ष रामहरि कार्की, संघका महासचिव धनञ्जय बुढा, संघका सचिव डिल्ली आचार्य र काेषाध्यक्ष गाेविन्द देवकाेटा, नेकपा(बहुमत) निकट पत्रकार माेर्चाका संयेाजक कमल बुढा, संघका केन्द्रीय सदस्य केशव भुल, दिया चन्द, विक्रम पण्डित, श्रीराम वाग्ले, गणेश विक, उमेश श्री, कानुनी सल्लाहकार विष्णु निश्चललगायतले शुभकामना दिएका थिए । शुभकामनाका लागि सहभागी सबै महानुभावहरुलाई अध्यक्ष जैसीले धन्यवाद दिएका थिए । वार्षिकोत्सवमा संघकाे आधिकारिक वेवसाइट www.workingjournalist.org काे उद्घाटन पनि समिति अध्यक्ष संगिता खड्कामार्फत भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्