Shadow

हाम्राे गतिविधि

पारिश्रमिक नपाएपछि गाेर्खा टिभीका पत्रकार आन्दाेलनमा

पारिश्रमिक नपाएपछि गाेर्खा टिभीका पत्रकार आन्दाेलनमा

सुचना प्रविधि, हाम्राे गतिविधि
लामाे समयबाट आफुले गरेकाे कामकाे मुल्य नपाएका गाेर्खा टेलिभिजनका कर्मचारीले आजबाट आन्दाेलका कार्यक्रम सुरु गरेका छन् । ललितपुरकाे जावलाखेलबाट साझा सञ्चार मिडिया प्रा.लि काे नाममा सञ्चालनमा रहेकाे गाेर्खा टेलिभिजनले १२ जनाभन्दा बढि श्रमिकको पारिश्रमिक नदिए पछि आजबाट चरणबद्ध आन्दाेलनकाे थालनी गरेका हुन् । संस्थाका संचालक तेज बिक्रम थापाले कर्मचारीलाई काममा लगाएर पनि महिनाैंदेखिकाे बाँकी बक्यौता नदिएपछि पीडित पत्रकारहरुले श्रमजीवी-पत्रकार संघ, नेपालकाे केन्द्रीय कार्यालयमा निवेदन दिएका थिए । पटक-पटककाे अनुराेध र आग्रहपश्चात् पनि झुटाे आश्वासन दिदै झुल्याउन थालेपछि प्रतिकार स्वरुप आन्दाेलन थालिएकाे श्रमजीवीकाे हकहितका निम्ति लड्दै आएका संघका केन्द्रीय अध्यक्ष जन्मदेव जैसीले बताए । गाेरखा टिभी मात्र नभई कृषि टिभीमा काम गर्ने २ दर्जनभन्दा बढि पत्रकारहरुकाे न्यायका लागि लड्दै आएका अध्यक्ष ...
कानुनी अधिकार खोज्दा मैले जे भोगें

कानुनी अधिकार खोज्दा मैले जे भोगें

मिडिया कभरेज, हाम्राे गतिविधि
यदुप्रसाद पोख्रेल नेपालमा श्रमजीवी पत्रकारको हकहितका लागि विभिन्न संस्था क्रियाशील भए पनि साँच्चै समस्यामा परेका श्रमजीवी पत्रकारलाई कानुनी हक दिलाउन ती संस्था उदासीन देखिएका ज्वलन्त उदाहरण प्रशस्त छन् । त्यसैले सरकार र जिम्मेवार संस्थाका गलत कामकारबाहीबारे प्रश्न उठाएर खबरदारी गर्ने श्रमजीवी र पत्रकारहरू सञ्चार संस्थाबाटै पीडित हुन पुगेका छन् । ती संस्थाले पत्रकार ऐन २०५३ आकर्षित हुने श्रमजीवीलाई उक्त कानुन आकर्षित नहुने भन्दै कर्पोरेट मिडियाको पृष्टपोषण गरिआएको पाइन्छ । श्रमजीवी पत्रकारको हकहितका लागि कानुनी व्यवस्था पनि सुदृढ नै देखिन्छ । कानुन कार्यान्वयन तहमा भने अति फितलो अवस्था विद्यमान छ । यदि कसैले साँच्चै न्याय पाउन प्रयास ग¥यो भने अति धेरै संघर्ष गर्नुपर्ने अवस्था छ । अरूले कानुन पालना गरेको देख्न चाहने सबैजसो संस्थागत सञ्चार प्रतिष्ठानले श्रमजीवी पत्रकारको खुलेयाम शोष...
गोरखा र कृषि टिभीका पत्रकारको विचल्ली, श्रम शोषक तेजविक्रमको निवास घेर्ने

गोरखा र कृषि टिभीका पत्रकारको विचल्ली, श्रम शोषक तेजविक्रमको निवास घेर्ने

हाम्राे गतिविधि
ललितपुर । ललितपुरको जावलाखेलबाट सञ्चालन भईरहेको गोर्खा र कृषि टेलिभिजनले कर्मचारीको बिचल्ली बनाएको छ । साझा सञ्चार मिडिया प्रा.लि.को नामले सञ्चालित आएको ती दुई टेलिभिजनले करिब ९ महिनादेखि कर्मचारीको तलवभत्ता नदिदा कर्मचारीहरुको बिचल्ली भएको हो । व्यवस्थापक तेजविक्रम थापाले महिनौंसम्म झुल्याएको र श्रमजीवीको श्रम शोषण गरेपछि अब निवास नै घेराउ गर्नुपर्ने स्थिति आएको श्रमजीवी पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीले बताए । ९ महिनादेखि पत्रकार र कर्मचारीलाई बिभिन्न आश्वासन दिएर काम गर्न लगाई दशै तिहार जस्तो चाड पर्वमा समेत तलव नदिएको कर्मचारीहरुको गुनासो रहेको छ । उक्त टेलिभिजनमा १५ जना भन्दा बढि कर्मचारीले काम गरिरहेका छन् । व्यवस्थापन पक्ष हेरिरहेकी टेलिभिजनको सिईओ लक्ष्मी चौधरीले राजिनामा दिदै कर्मचारीको बिचल्ली पारेर चुनावी मैदानमा राप्रपाको उम्मेदवार भएसँगै  उनको राजिनामासँगै टेलि...
श्रमजीवी-पत्रकार संघद्धारा माउन्टेन टिभीमा आन्दोलनको घोषणा

श्रमजीवी-पत्रकार संघद्धारा माउन्टेन टिभीमा आन्दोलनको घोषणा

मिडिया कभरेज, सुचना, हाम्राे गतिविधि
काठमाडौ । घरजग्गा कारोबारी राजु कँडेलले संचालन गर्दे आएको माउन्टेन टिभीमा त्यहाँ कार्यरत पत्रकार कर्मचारीलाई श्रमजीवी पत्रकार ऐन अनुसार पारिश्रमिक सेवा सुविधा नदिएपछि श्रमजीवी-पत्रकार संघ, नेपालले आन्दोलनको घोषणा गरेको छ । त्यहाँ हाल कार्यरत र बिगतमा काम गरेका पत्रकार र कर्मचारीलाई श्रमजीवी पत्रकार ऐन अनुसार सेवा सुविधा नदिएको, बाँकी बक्यौता भुक्तानी नगरेकाे भन्दै श्रमजीवी-पत्रकार संघ, नेपालमा उजुरी परेको थियो । संघकाे तर्फबाट अध्यक्ष जन्मदेव जैसीले यस अघि पटक पटक श्रमजीवी पत्रकारहरुको माग संवोधन गर्न अध्यक्ष कँडेललाई ध्यानाकर्षण गराएपनि कँडेलले बिभिन्न बहानामा त्यसलाई टार्दै आएका थिए । श्रमजीवी पत्रकार ऐनमा वार्षिक एक महिना बराबरको चाडपर्व खर्च, त्यसैगरी १ महिना बराबरको औषधी उपचार खर्च,संचयकोष,उपदान लगायतका सेवा सुविधा श्रमजीवी पत्रकारलाई उपलब्ध गराउनु पर्ने उल्लेख छ । तर माउन्टेनले...
काउन्सिलकाे क्षेत्राधिकार नखाेस्न श्रमजीवी-पत्रकार संघकाे माग

काउन्सिलकाे क्षेत्राधिकार नखाेस्न श्रमजीवी-पत्रकार संघकाे माग

प्रेस विज्ञप्ति, हाम्राे गतिविधि
काठमाडौ, १९ भदाै । संसदमा प्रस्तुत मिडिया काउन्सिल विधेयकमा काउन्सिललाई सरकारप्रति नभई संसदप्रति उत्तरदायी बनाउने गरि कानुनी व्यवस्था गर्न श्रमजीवी-पत्रकार संघ,नेपालले माग गरेकाे छ । प्रस्तावित विधेयकमा संविधानकाे प्रस्तावनामा उल्लेखित पूर्ण प्रेस स्वतन्त्रता विपरित बुँदा समेटिएकाेमा गम्भीर ध्यानाकर्षण गराउँदै संघका अध्यक्ष जन्मदेव जैसीले काउन्सिलकाे क्षेत्राधिकार नखाेस्न चेतावनीसमेत दिएका छन् । विज्ञप्तिमार्फत आफुहरुले उठाएका मागहरु समेटेर विधेयम संशाेधन नभए कडा संघर्षमा उत्रने चेतावनी पनि दिएका छन् । राष्ट्रियसभाको विधायन व्यवस्था समितिद्धारा गठित उपसमितिमा सरोकारवालाले दिएका असहमतिका बुँदालाई नराखेरै पेश हुनु प्रचलित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता अनुसार सञ्चार क्षेत्रलाई स्वतन्त्र र स्वायत्त बनाउन सरकार तयार नभएको स्पष्ट हुन्छ । गत शनिवार एक विज्ञप्ति जारी गर्दै अध्यक्...
तलब नदिएपछि जनता टिभीको गेटमा श्रमजीवी-पत्रकार संघकाे धर्ना

तलब नदिएपछि जनता टिभीको गेटमा श्रमजीवी-पत्रकार संघकाे धर्ना

हाम्राे गतिविधि
काठमाडौं । जनता टेलिभिजनमा पूर्वकार्यरत कर्मचारीहरू पारिश्रमिक नपाएको भन्दै आन्दोलित बनेका छन् । श्रमजीवी-पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीकाे नेतृत्वमा टेलिभिजनको कार्यालयमै पुगेर गेट अगाडि धर्ना दिएका हुन् । आफ्नो पारिश्रमिक नपाएसम्म आन्दोलनका कार्यक्रम नरोकिने उनीहरुको भनाइ छ । जनता टेलिभिजनले लामो समय आश्वासन मात्रै दिएको तर तलब नदिएको भन्दै कर्मचारी आन्दोलित बनेका हुन । धर्ना कार्यक्रमलाई सम्वोधन गर्दै श्रमजीवी पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीले अहिलेको २१औं शताव्दीमा आएर पनि बौद्धिक शोषण गर्ने लाजमर्दो कुरा रहेको बताए । उनले टेलिभिजन व्यवस्थापनले बाँकी रहेको बक्यौता नदिएसम्म विभिन्न चरणको आन्दोलन गरिने समेत बताए । धर्ना कार्यक्रममा श्रमजीवी पत्रकार संघ, नेपालका महासचिव धनञ्जय बुढा, कानुनी सल्लाहकार विष्णु कुमार गिरी, राष्ट्रिय समाचार समितिका प्रकाश सिलवाल, लगा...
तलव पाएपछि श्रमजीवी-पत्रकार संघकाे आन्दाेलन फिर्ता

तलव पाएपछि श्रमजीवी-पत्रकार संघकाे आन्दाेलन फिर्ता

हाम्राे गतिविधि
रुकुम पश्चिम / कार्यरत रेडियोबाट तलब नपाएपछि चरणबद्ध आन्दोलन गर्दै आएका रुकुम पश्चिमका पत्रकारहरुले बुधबारदेखिआन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । रुकुम पश्चिमको आठबिसकोटमा रहेको रेडियो नयाँ नेपाल एफएममा कार्यरत ६ जना पत्रकार र तथा कर्मचारीहरुले लामो समयसम्म काम गरेको पारिश्रमिक नपाएपछि रेडियो सञ्चालन समिति बिरुद्ध श्रमजीवी-पत्रकार संघ, नेपालकाे अगुवाइमा आन्दोलनका कार्यक्रम हुदै आएका थिए । बुधबार जिल्ला प्रशासन कार्यालय र पत्रकार महासंघका रुकुम अध्यक्ष लक्ष्मण केसीकाे समन्वयमा रेडियो सञ्चालक समितिले तलब उपलब्ध गराएपछि आन्दोलन फिर्ता गरिएको श्रमजीवी- पत्रकार संघ, नेपाल संघर्ष समितिका संयाेजक पत्रकार सत्य बटालाले जानकारी दिए । उहाँले रेडियोमा कार्यरत ६ जना पत्रकारहरु र रेडियो सञ्चालक समितिका अध्यक्ष मानबहादुर चनारा बिच छलफल भएर तलब उपलब्ध गराईएपछि आन्दोलन फिर्ता गरिएकाे बताए। पीडित प...
अरबमा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको संक्रमण

अरबमा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको संक्रमण

सन्दर्भ समाग्री, हाम्राे गतिविधि
डिजिटल पत्रकारिताका बारेमा एउटा खुसीको खबर छ भने अर्को दुःखद खबर । खुसीको खबर के छ भने इन्टरनेटमा जोकोही आफूलाई पत्रकार दाबी गर्न सक्छ । एउटा वेबसाइट बनाउनुहोस्, नाम चलेका अनलाइनबाट समाचार सामग्री तानतुन पार्नुहोस्, गुगलमा फोटोहरू खोजेर डाउनलोड गर्नुहोस् र वेबसाइटमा पोस्ट गर्नुहोस् । फेसबुक, ट्विटरसहितका सोसल मिडियामा समाचार सेयर गर्नुहोस् । युट्युबमा एउटा च्यानल पनि चलाउनुहोस्, भिडियोहरू अपलोड गर्न थाल्नुहोस् । बस, तपाईं पत्रकार भइहाल्नुभयो तर दुःखद खबर के छ भने इन्टरनेटमा राम्रो पत्रकार बन्न र राम्रो पत्रकारिता गर्न सजिलो छैन । पाठकका विविध रुचि, छिनछिनमा भइरहने घटना र दिनानुदिन बदलिँदो सूचना तथा सञ्चार प्रविधिका कारण अनलाइन पत्रकारिता अप्ठ्यारो छ । मिडिया अध्ययनका विद्वान् सूचना तथा सञ्चार प्रविधिको विकाससँगै पत्रपत्रिका, टेलिभिजन, रेडियो र अनलाइनको भेद करिब अन्त्य भएको तर्क गर्छन् । सू...
विदेशमा रहेका ३५ हजार नेपाली संक्रमित, २६६ को मृत्यु

विदेशमा रहेका ३५ हजार नेपाली संक्रमित, २६६ को मृत्यु

हाम्राे गतिविधि
काठमाडौँ। तीन वर्षअघि काम गरेको सञ्चार संस्थाका सञ्चालकको प्रेम प्रस्ताव अस्वीकार गर्दा निरन्तर मानसिक यातना खेप्दै आएकी पत्रकार कञ्चन न्यौपानेलाई न्याय दिलाइ पीडक माधव गुरागाइँलाई हदैसम्मकाे कारवाही गर्न श्रमजीवी-पत्रकार संघ, नेपालले सरकारसमक्ष माग गरेकाे छ । साथै संघले वषाैंदेखि नेपाल आजमा काम गर्दै आएका पत्रकारहरूकाे पारिश्रमिक उपलब्ध गराउन पनि सराेकारवाला निकायकाे ध्यानाकर्षण गरेकाे छ । संघका अध्यक्ष जन्मदेव जैसीले आइतवार एक विज्ञप्तिमार्फत् चेतावनी दिंदै यदि आफूहरूले उठाएका माग पुरा नभए सराेकारवाला निकाय र स्वयं पीडक संस्थाविरूद्ध आन्दाेलनमा जाने बताएका छन् । नेपाल आजमा काम गर्ने वातावरण नभएपछि संस्था छाडेकी पत्रकार कञ्चन न्याैपानेले  त्रासदीपूर्ण हैरानी बेहोर्नुपरेको एक लेखमार्फत यसैसाता खुलासा गरेकी छन् । अनेक बहानामा आफूलाई मात्र होइन, परिवार, आफन्त र सहकर्मीसम्मलाई फोन र म्य...
पाँच दिनपछि पत्रकार महासंघकाे क्रमशः धर्ना, घर घेराउ र सत्याग्रह

पाँच दिनपछि पत्रकार महासंघकाे क्रमशः धर्ना, घर घेराउ र सत्याग्रह

प्रेस विज्ञप्ति, ब्लोअप, भिडियाे, मनोरञ्जन, मिडिया कभरेज, सन्दर्भ समाग्री, सुचना, सुचना प्रविधि, हाम्राे गतिविधि
काठमाडौं । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐन अन्तर्गत ताेकिएकाे पारिश्रमिक र सेवासुविधा नदिने सञ्चारगृहमै सत्याग्रह गर्ने भएकाे छ । महासंघका महासचिव रमेश विष्टद्वारा हस्ताक्षरित चेतावनी पत्रमा अबकाे पाँच दिनभित्र समस्या हल नगरे धर्ना हुँदै सत्याग्रहसम्मका कार्यक्रम तय गरेकाे छ । पहिलाे चरणमा काराेबार दैनिक, अन्नपुर्ण दैनिक र राजधानी दैनिकमा पत्राचार गरि समस्या हलका लागि महासचिवद्वारा हस्ताक्षरित पाँच दिनकाे अल्टिमेटम पत्र विहिवार नै बुझाइएकाे त्यसपछि धर्ना, साहुहरुकाे घर घेराउ र सत्पाग्रहकाे कार्यक्रम तय भएकाे केन्द्रीय सदस्य जन्मदेव जैसीले जानकारी दिए । कोरोना महामारीको बहानामा अन्यायपूर्वक निष्कासित पत्रकारहरुको स-सम्मान पुनर्बहालीको माग गर्दै महासंघले धर्ना-घेराउदेखि सत्याग्रहसम्मका कार्यक्रम बनाइएकाे श्रमजीवी हित प्रवर्द्धन समितिका सह-संयाेजकसमेत रहेका जैसीले जनाए । निष्कासि...