
‘पत्रकारका वास्तविक मुद्दा श्रमजीवी-पत्रकार संघले बाेकेकाे छ’
काठमाडौ । असार ३० गते, श्रमजीवी-पत्रकार संघ, नेपालकाे स्थापना दिवस । प्रथम वार्षिकोत्सबमा निम्त्याइएका सञ्चार क्षेत्रका प्रभुत्व वर्गले एकस्वरमा भने,"पत्रकारका वास्तविक मुद्दा श्रमजीवी-पत्रकार संघ,नेपालले बाेकेकाे छ, यसकाे संरक्षण, विकास र भूमिका सञ्चारक्षेत्रमा अनिवार्य बनेकाे छ ।"
उनीहरुले श्रमजीवीमा समस्या पहिचानसँगै निधानका विषयमा संघ र यसका अध्यक्ष जन्मदेव जैसीले खेलेकाे भूमिका अतुलनीय भएकाे बताए । न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्काले न्युनतम पारिश्रमिक निर्धारण समिति श्रमजीवी-पत्रकार संघ, नेपालसँग सहकार्य गरेर श्रमजीवीकाे हित र प्रवर्द्धन र संरक्षणका लागि परिणामुखी काम गर्ने इच्छा व्यक्त गरिन् ।
प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकाेटा जुगलले संघले खेलेकाे ऐतिहासिक भूमिकाकाे खुलेर प्रसंसा गर्दै आस्थाले जाेजहाँसुकै भएपनि श्रमजीवीकाे।पेशागत सुरक्षाका लाग...