Shadow

सुचना प्रविधि

पारिश्रमिक नपाएपछि गाेर्खा टिभीका पत्रकार आन्दाेलनमा

पारिश्रमिक नपाएपछि गाेर्खा टिभीका पत्रकार आन्दाेलनमा

सुचना प्रविधि, हाम्राे गतिविधि
लामाे समयबाट आफुले गरेकाे कामकाे मुल्य नपाएका गाेर्खा टेलिभिजनका कर्मचारीले आजबाट आन्दाेलका कार्यक्रम सुरु गरेका छन् । ललितपुरकाे जावलाखेलबाट साझा सञ्चार मिडिया प्रा.लि काे नाममा सञ्चालनमा रहेकाे गाेर्खा टेलिभिजनले १२ जनाभन्दा बढि श्रमिकको पारिश्रमिक नदिए पछि आजबाट चरणबद्ध आन्दाेलनकाे थालनी गरेका हुन् । संस्थाका संचालक तेज बिक्रम थापाले कर्मचारीलाई काममा लगाएर पनि महिनाैंदेखिकाे बाँकी बक्यौता नदिएपछि पीडित पत्रकारहरुले श्रमजीवी-पत्रकार संघ, नेपालकाे केन्द्रीय कार्यालयमा निवेदन दिएका थिए । पटक-पटककाे अनुराेध र आग्रहपश्चात् पनि झुटाे आश्वासन दिदै झुल्याउन थालेपछि प्रतिकार स्वरुप आन्दाेलन थालिएकाे श्रमजीवीकाे हकहितका निम्ति लड्दै आएका संघका केन्द्रीय अध्यक्ष जन्मदेव जैसीले बताए । गाेरखा टिभी मात्र नभई कृषि टिभीमा काम गर्ने २ दर्जनभन्दा बढि पत्रकारहरुकाे न्यायका लागि लड्दै आएका अध्यक्ष ...
पाँच दिनपछि पत्रकार महासंघकाे क्रमशः धर्ना, घर घेराउ र सत्याग्रह

पाँच दिनपछि पत्रकार महासंघकाे क्रमशः धर्ना, घर घेराउ र सत्याग्रह

प्रेस विज्ञप्ति, ब्लोअप, भिडियाे, मनोरञ्जन, मिडिया कभरेज, सन्दर्भ समाग्री, सुचना, सुचना प्रविधि, हाम्राे गतिविधि
काठमाडौं । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐन अन्तर्गत ताेकिएकाे पारिश्रमिक र सेवासुविधा नदिने सञ्चारगृहमै सत्याग्रह गर्ने भएकाे छ । महासंघका महासचिव रमेश विष्टद्वारा हस्ताक्षरित चेतावनी पत्रमा अबकाे पाँच दिनभित्र समस्या हल नगरे धर्ना हुँदै सत्याग्रहसम्मका कार्यक्रम तय गरेकाे छ । पहिलाे चरणमा काराेबार दैनिक, अन्नपुर्ण दैनिक र राजधानी दैनिकमा पत्राचार गरि समस्या हलका लागि महासचिवद्वारा हस्ताक्षरित पाँच दिनकाे अल्टिमेटम पत्र विहिवार नै बुझाइएकाे त्यसपछि धर्ना, साहुहरुकाे घर घेराउ र सत्पाग्रहकाे कार्यक्रम तय भएकाे केन्द्रीय सदस्य जन्मदेव जैसीले जानकारी दिए । कोरोना महामारीको बहानामा अन्यायपूर्वक निष्कासित पत्रकारहरुको स-सम्मान पुनर्बहालीको माग गर्दै महासंघले धर्ना-घेराउदेखि सत्याग्रहसम्मका कार्यक्रम बनाइएकाे श्रमजीवी हित प्रवर्द्धन समितिका सह-संयाेजकसमेत रहेका जैसीले जनाए । निष्कासि...
महाव्याधिमा नेपाली मिडिया

महाव्याधिमा नेपाली मिडिया

प्रेस विज्ञप्ति, ब्लोअप, भिडियाे, मनोरञ्जन, मिडिया कभरेज, सन्दर्भ समाग्री, सुचना, सुचना प्रविधि, हाम्राे गतिविधि
विषय प्रवेश दुई विशेष सन्दर्भबाट कोभिड–१९ विश्‍वव्याधिमा उद्‍घाटित नेपाली मिडियाको मूल चरित्रमाथि बहस थालौँ । पहिलो, कोभिड–१९ विश्‍वव्याधि पाठक/स्रोता/दर्शकलाई इतिहासमै सर्वाधिक सही सूचना आवश्यक परेको बेला हो । स्वास्थ्य संकटको समयमा भ्रामक सूचनाहरूको बाढीका कारण संयुक्त राष्ट्रसंघले विश्‍वव्याधिपछिको सूचना वातावरणलाई ‘इन्फोडेमिक’ अर्थात् सूचना महामारी नामकरण गर्‍यो । राष्ट्रसंघका अनुसार विश्‍वमा कोभिड–१९ फैलिएसँगै द्वेष वा वैरभाव उत्पन्‍न गर्ने, दोषी करार गर्ने, आतंकित पार्ने खालका तथा मिथ्या सूचनाहरूको बाढी आएको छ । यस्ता भ्रमपूर्ण सूचनाहरू इन्टरनेट र सोसल मिडियाको बढ्दो प्रयोगले झन् छिटो फैलिन्छन् । यस्ता सूचनाहरूले मानिसहरूको आचार–व्यवहार र स्वास्थ्यमा पनि प्रभाव पार्न सक्छन् । प्रामाणिक सूचना जीवनदायी हुन्छन् भने भ्रमपूर्ण सूचना र अफवाहले समाजमा ठूलो क्षति पनि पुर्‍याउन सक्छन् ।...