Shadow

सभामुखको राजीनामापछि उद्धव थापा कोशीको मुख्यमन्त्री बने


  • -इ
  • इ+

बहुमत संख्याको अभावमा अल्झिएको कोशी प्रदेश सरकार गठन सभामुखले राजीनामा गरेपछि बाटो खुलेको छ । ६ दिनअघि मात्र सर्वोच्च अदालतले मुख्यमन्त्रीको नियुक्ति बदर गर्दा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्रीबाट हटाइएका थिए ।

गत असार २१ गते प्रदेशसभाका तत्कालीन सभामुख बाबुराम गौतमको हस्ताक्षर बुझाएर मुख्यमन्त्रीमा नियुक्त थापालाई सर्वोच्च अदालतले असंवैधानिक भन्दै बदर गरेको थियो ।

सर्वोच्चले सभामुखको हस्ताक्षर असंवैधानिक ठहर गरेपछि गठबन्धनले गौतमलाई आज राजीनामा गराई बहुमत पुर्‍याएको हो । कोशी प्रदेश ९३ सदस्यीय संसदमा बहुमतका लागि ४७ सदस्य आवश्यक हुन्छ ।

गठबन्धनको बहुमतका लागि गौतमको रहुन्जेल सम्भाव नभएपछि सत्तागठबन्धनले राजीनामा गराइएको थियो। त्यसो त उनी अन्तिम समयसम्म राजीनामा गर्न मानिरहेका थिएनन् ।

प्रदेश संसदका एक सदस्यले भने, माथिबाट दबाबमूलक आदेश आएपछि उहाँले राजीनामा दिनुभयो । सत्तासिन गठबन्धनमा अब कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सदस्यसहत ४७ पुगेको छन् ।

मुख्यमन्त्री दाबीसहित कांग्रेस संसदीयले दलका नेता थापाले ४७ प्रदेशसभा सदस्यको हस्ताक्षर प्रदेश प्रमुख परशुराम खापुङलाई बुझाएका थिए । सोही अनुसार प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८(२) अन्तर्गत मुख्यमन्त्रीमा कांग्रेस नेतालाई नियुक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्