Shadow

श्रमजीवी-पत्रकार संघद्धारा माउन्टेन टिभीमा आन्दोलनको घोषणा


  • -इ
  • इ+

काठमाडौ । घरजग्गा कारोबारी राजु कँडेलले संचालन गर्दे आएको माउन्टेन टिभीमा त्यहाँ कार्यरत पत्रकार कर्मचारीलाई श्रमजीवी पत्रकार ऐन अनुसार पारिश्रमिक सेवा सुविधा नदिएपछि श्रमजीवी-पत्रकार संघ, नेपालले आन्दोलनको घोषणा गरेको छ ।

त्यहाँ हाल कार्यरत र बिगतमा काम गरेका पत्रकार र कर्मचारीलाई श्रमजीवी पत्रकार ऐन अनुसार सेवा सुविधा नदिएको, बाँकी बक्यौता भुक्तानी नगरेकाे भन्दै श्रमजीवी-पत्रकार संघ, नेपालमा उजुरी परेको थियो । संघकाे तर्फबाट अध्यक्ष जन्मदेव जैसीले यस अघि पटक पटक श्रमजीवी पत्रकारहरुको माग संवोधन गर्न अध्यक्ष कँडेललाई ध्यानाकर्षण गराएपनि कँडेलले बिभिन्न बहानामा त्यसलाई टार्दै आएका थिए ।

श्रमजीवी पत्रकार ऐनमा वार्षिक एक महिना बराबरको चाडपर्व खर्च, त्यसैगरी १ महिना बराबरको औषधी उपचार खर्च,संचयकोष,उपदान लगायतका सेवा सुविधा श्रमजीवी पत्रकारलाई उपलब्ध गराउनु पर्ने उल्लेख छ । तर माउन्टेनले स्थापना कालदेखि नै त्यो सुविधा दिएको छैन ।

बिगतमा त्यहाँ कार्यरत पत्रकारहरुले आन्दोलन गर्दा दिन्छु भनेर संझौता गर्ने तर अध्यक्ष कँडेलले संझौता गरेर नदिने गरेका त्यहाँ कार्यरत पत्रकारहरुको गुनासाे छ । त्यसैगरी राजीनामा दिएर जाने पत्रकारहरुलाई पारिश्रमिक बैंकमा हालिदिने भनेर भन्ने तर पछि बैंकमा नहालिदिने र टेलिभिजनको गेटबाटै छिर्न नदिने गरेको पीडित पत्रकारहरुको भनाई छ ।

लामो समय काम गरेका पत्रकारहरुको बक्र्याैता नदिएपछि उनीहरुले पीडामा परेको भन्दै संघमा उजुरी दिएका थिए । संघले पहिलो चरणको आन्दोलन मार्फत माउन्टेन टिभीलाई दिदै आएको सेवा सुविधा रोक्का गरेर कालोसुचिमा राख्न सरकारी निकायलाई ध्यानाकर्षण गराउने, अध्यक्ष कँडेलको निवास घेराउ, माउन्टेन टिभी घेराउ लगायतका कार्यक्रम तय गरेको जनाएको छ ।

कँडेलले संचार उद्यमीको आवरणमा आफ्नो घरजग्गा कारोबार गर्दे आएका छन् । संघका अध्यक्ष जैसीले पहिलो चरणको यो कार्यक्रममा पनि श्रमजीवीका माग संवोधन नभए अझ कडा रुपमा प्रस्तुत हुने जनाए ।

कँडेलले संचार उद्यमीको आवरणमा आफ्नो घरजग्गा कारोबार गर्दे आएका छन् । संघका अध्यक्ष जैसीले पहिलो चरणको यो कार्यक्रममा पनि श्रमजीवीका माग संवोधन नभए अझ कडा रुपमा प्रस्तुत हुने जनाए ।

यस्ताे छ कँडेललाई बुझाईएकाे पत्र
श्री राजु कँडेल ज्यू
पद्मा मिडिया ग्रुप प्रा.लि
(माउन्टेन टिभी) कुपण्डोल, ललितपुर ।
मिति : २०७९/०५/२६

विषय : आन्दोलनका कार्यक्रम घोषणा ।

श्रमजीवी पत्रकारहरुको अभिभावक संस्था श्रमजीवी–पत्रकार संघ, नेपालले श्रमजीवी पत्रकारहरुको पक्षमा काम गर्दै आइरहेको तपाइँलाई अवगत नै छ । माउन्टेन टेलिभिजनले स्थापना कालदेखि हालसम्म नै श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगरेको र ऐनले तोकेको सेवा सुविधा नदिएको विषयमा त्यहाँ कार्यरत र काम गरिसकेका कर्मचारीले पारिश्रमिक पनि नपाएको भनेर यसअघि नै निवेदन दिएका थिए ।
यसवारे संघले पटक पटक त्यहाँ कार्यरत पत्रकार कर्मचारीको सेवा सुविधा र लामो समय त्यहाँ काम गरेर छोडेकाहरुको बाँकी बक्यौता पारिश्रमिक भुक्तानी गर्ने विषयमा तपाइँको ध्यानाकर्षण पत्र र अल्टिमेटम पत्र बुझाएको थियो । तर त्यसलाई वेवास्ता गर्ने, छल्न खोज्ने जस्ता काम भएकाले मिति २०७९ भदौ २५ गते यस संघ र माउन्टेन टिभीका पीडित पत्रकार कर्मचारीबीच भएको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरेको छ । आन्दोलन रहर हैन, हाम्रो बाध्यता हो, यसबाट सिर्जित परिस्थितिको जिम्मेवार स्वयं माउन्टेन टिभीको व्यवस्थापक नै हुने संघ स्पष्ट गर्दछ ।
पहिलो चरणका आन्दोलनका कार्यक्रमहरु ः
भदौ २८ : व्यवस्थापकका सम्पूर्ण कर्तुतहरु मिडियामार्फत सार्वजनिक गर्ने ।
भदौ २९ :सूचना तथा प्रसारण विभाग र प्रेस काउन्सिलमा सुविधा रोक्का र कालो सूचीमा समावेश गर्न पत्राचार गर्ने ।
भदौ ३१ :कुपण्डोलस्थित माउन्टेन टिभीको गेटमा १ घण्टा धर्ना ।
असोज २ : व्यवस्थापक विरुद्ध कार्टुन र फोटो सामाजिक सञ्जालमा एकैचोटी पोष्ट गर्ने ।
असोज ५ : व्यवस्थापकको निवास घेराउ गर्ने ।
नोट : यसपछि पनि व्यवस्थापकले सुनुवाइ नगरे श्रमजीवीहरुबीच भेला गरि दोश्रो चरणका सशक्त कार्यक्रमहरु घोषणा गरिनेछ ।

बोधार्थ :
१) प्रेस रजिष्टारको कार्यालय, सञ्चारग्राम काठमाडौं
२) प्रेस काउन्सिल नेपाल, सञ्चारग्राम काठमाडौं
३) न्युनतम पारिश्रमिक निर्धारण समिति, सञ्चारग्राम काठमाडौं

…………….
जन्मदेव जैसी
अध्यक्ष

प्रतिक्रिया दिनुहोस्