
कानुनी अधिकार खोज्दा मैले जे भोगें
यदुप्रसाद पोख्रेल
नेपालमा श्रमजीवी पत्रकारको हकहितका लागि विभिन्न संस्था क्रियाशील भए पनि साँच्चै समस्यामा परेका श्रमजीवी पत्रकारलाई कानुनी हक दिलाउन ती संस्था उदासीन देखिएका ज्वलन्त उदाहरण प्रशस्त छन् । त्यसैले सरकार र जिम्मेवार संस्थाका गलत कामकारबाहीबारे प्रश्न उठाएर खबरदारी गर्ने श्रमजीवी र पत्रकारहरू सञ्चार संस्थाबाटै पीडित हुन पुगेका छन् । ती संस्थाले पत्रकार ऐन २०५३ आकर्षित हुने श्रमजीवीलाई उक्त कानुन आकर्षित नहुने भन्दै कर्पोरेट मिडियाको पृष्टपोषण गरिआएको पाइन्छ ।
श्रमजीवी पत्रकारको हकहितका लागि कानुनी व्यवस्था पनि सुदृढ नै देखिन्छ । कानुन कार्यान्वयन तहमा भने अति फितलो अवस्था विद्यमान छ । यदि कसैले साँच्चै न्याय पाउन प्रयास ग¥यो भने अति धेरै संघर्ष गर्नुपर्ने अवस्था छ । अरूले कानुन पालना गरेको देख्न चाहने सबैजसो संस्थागत सञ्चार प्रतिष्ठानले श्रमजीवी पत्रकारको खुलेयाम शोष...