सरोज कोइराला स्पेस फोरके टेलिभिजनको सम्पादक
काठमाडौ । चर्चित समाचार प्रस्तोता सरोज कोइराला स्पेस फोर के टेलिभिजनको सम्पादकमा नियुक्त भएका छन् । झापा घर भएका कोइराला लामो समयदेखि नेपाली टेलिभिजनमा काम गर्दै आएका छन् ।
कोइरालालाई आइतबार स्पेस फोर के टेलिभिजनका अध्यक्ष डा. दिनेश कुमार शाहीले स्वागत गरेका हुन् । एभिन्यू, न्यूज २४, हिमालय र प्राइम टेलिभिजनमा काम गरिसकेका कोइराला गीत लेखन तथा गायनमा पनि सम्लग्न छन् । टेलिभिजनले आइतबार सम्पादक कोइरालासहित पत्रकारहरुको ठूलो टिमलाई टेलिभिजनमा स्वागत गरेको छ ।
विभिन्न मिडियामा लामो अनुभव हासिल गरेका टेलिभिजनकर्मीहरुलाई भित्र्याएको यस टेलिभिजनले छिट्टै आफ्नो प्रशारण यात्रा आरम्भ गर्ने तयारी गरेको छ । काठमाडौंको मध्यबानेश्वरमा रहेको स्पेस फोरके टेलिभिजन अत्याधुनिक प्रविधि र ठूलो लगानीका साथ सुरु गरिएको छ । यस टेलिभिजनले नेपालको टेलिभिजन पत्रकारितामा नयाँ आयाम थप्ने लक्ष्य लिएको छ ।
...