
श्रमजीवी-पत्रकार संघ, नेपालकाे गठन, श्रमजीवीका पक्षमा लड्ने एक मात्र उद्देश्य
जन्मदेव जैसीकाे नेतृत्वमा श्रमजीवी-पत्रकार संघकाे गठन श्रमजीवीका पक्षमा लड्ने एकमात्र उद्देश्य काठमाडौ । “स्वस्थ, स्वच्छ, स्वतन्त्र र मर्यादित पत्रकारिता, श्रम अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता,” भन्ने नारा दिएर श्रमजीवी-पत्रकार संघ, नेपाल गठन भएकाे छ ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा दर्ता भएकाे संघकाे नेतृत्व श्रमजीवी पत्रकारका नेता जन्मदेव जैसीले गरेका छन् । २१ सदस्यीय केन्द्रीय कार्यसमितिमा विभिन्न विचार/आस्था राख्ने व्यवसायिक पत्रकारहरु सम्मिलित छन् । प्रेस काउन्सिल नेपालका निवर्तमान का. बा. अध्यक्ष गाेपाल बुढाथाेकीसहित स्थापित पत्रकारहरु बलराम थापा, दिपेन्द्र रावल, नारायण शर्मा र धर्मेन्द्र कुमार कर्ण सल्लाहकार छन् ।
कार्यसमितिमा पत्रकारहरु अमृत भादगाउँले उपाध्यक्ष, धनञ्जय बुढा महासचिव, डिल्ली आचार्य सचिव र गाेविन्द देवकाेटा काेषाध्यक्ष रहेका छन् । त्यस्तै केन्द्रीय...