
श्रमजीवी–पत्रकार संघ, नेपालको पर्सा जिल्ला कार्यसमिति गठन भएको छ । पत्रकार आर.के पटेलको अध्यक्षतामा १६ सदस्यीय जिल्ला कार्य समिति आइतबार घोषणा गरिएको हो ।
घोषणा कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई प्रमुख अथिति संघीय सांसद तथा नेपाल सरकारका खानेपानी मन्त्री प्रदिप यादवले खादा माला लगाई टिमलाई बधाईसहित सफल कार्यकालको शुभकामना दिएका थिए ।
श्रमजिवी-पत्रकार संघ नेपालको पर्सा जिल्ला कार्य समिति घोषणा कार्यक्रममा आफ्नो मन्तव्य राख्दै संघीय खानेपानी मन्त्री प्रदिप यादवले श्रमजीवी पत्रकारहरुको हकहित लागि यस समितिले काम गर्छ भने आफुले बिश्वास लिएको बताए । अहिले गठन भएको समितिमा पुरानो र नयाँ पत्रकारहरु समलित हुनु भएकोले यस समितिलाई सक्रिय रुपले अगाडि बढ्ने आशा उनले गरेका थिए । त्यस्तै अहिले पत्रकारिता पेशामा समलित श्रमजीवी पत्रकारहरुले पाउने बिज्ञापन समावेशी तथा बैज्ञानिक रुपमा उपलब्ध गराउनु पर्ने बताए ।
कार्यक्रममा बिशिस्ट अतिथिका रुपमा रहेका नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जारा र नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओम प्रकाश खनाल सदस्यहरु अजित भुजेल , रितेश झा , तथा पत्रकार मनोज पटेलले आफ्नो मन्तव्य राख्दै नयाँ कार्य समितिलाई बधाइ सहित शुभकामना दिएका थिए ।
नयाँ निर्वाचित कार्य समितिमा उपाध्यक्षमा प्रणय साह , महिला उपाध्यक्षमा बिमला गुप्ता , सचिवमा नितेश कर्ण , कोषाध्यक्षमा दिपक कुशवाहा सहसचिवमा अर्जुन गुप्ता , समाबेशी सहसचिवमा विशाल यादव, सदस्यहरुमा सुमेस्वर साह , पुनम चौधरी , राजु बैठा, विशाल पटेल , राज कुमारी गुप्ता बिनोद यादव, अनिल ओझा र राज सरार्फ रहेका छन त्यस्तै सल्लाहकारमा वरिष्ठ पत्रकार शिव शंकर साह शत्रुघन नेपाल , अनुप तिवारी , पंकज श्रेष्ठ रहेका छन ।