Shadow

काठमाडौं महानगरको डोजर राप्रपा केन्द्रीय कार्यालयतिर सोझिँदै


  • -इ
  • इ+

काठमाडौं महानगरले राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालय खाली गराउन दिएको समय हिजो आइतबारबाटै सकिएको छ । बिनानक्सा पास हाइटेन्सन मुनि बनेको भन्दै महानगरले ४८ घन्टाभित्र घर खाली गराउन माइकिङबाट उर्दी जारी गरेको थियो ।

तोकिएको समयसीमा सकिएसँगै महानगरले डोजरसहितको दलबल राप्रपा कार्यालयतर्फ सोझिएको छ । बिहान ११ बजेसम्म सबै त्यहाँ पुगिसक्न महानगरले भनेको छ ।

गत शुक्रबार महानगर प्रहरीले भवन खाली गराउन माइकिङ गरेको थियो । तर राप्रपाले कार्यालय खाली गराएको छैन । कानुन विपरीतको भवन खाली गराउन महानगरले गरेको अनुरोधलाई बेवास्ता गरेको भन्द्र नगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्व दलबलसहितको टोली त्यहा पुगेर डोजर लगाउने कार्यक्रम छ ।

राप्रपाका नेताहरू काठमाडौं महानगर मेयर बालेन्द्र साहसँग संवादको प्रयासमा छन् । तर, बालेनले न भेट्न समय दिएका छन्, न कसैको फोन–म्यासेजको रेस्पोन्स गरेका छन् ।

यो भवन दाताले दिएको करिब ८ आना जग्गामा बनेको हो । जग्गा दान दिए पनि राप्रपाको नाममा छैन । राप्रपाले कार्यकर्ताहरूबाट चन्दा संकलन गरेर घर बनाएको हो ।

आफूहरुको चन्दा उठाएर बनाएको घर कसैले भत्काउन नसक्ने राप्रपा कार्यकर्ताहरुको भनाइ छ । महानगरले डोजर चलाए प्रतिकार गर्ने राप्रपा युवा दस्ताले जनाएको छ । युवाहरु प्रतिकारका लागि तयारी अवस्थामा बसेको भन्ने भनाइ पनि बाहिरिएको छ । यदि महानगर डोजर लगाउने र युवा दस्ता प्रतिकार गर्ने हो भने त्यहाँ ठूलो मुठभेडको स्थिति आउने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्