Shadow

पारिश्रमिक नपाएपछि गाेर्खा टिभीका पत्रकार आन्दाेलनमा


  • -इ
  • इ+

लामाे समयबाट आफुले गरेकाे कामकाे मुल्य नपाएका गाेर्खा टेलिभिजनका कर्मचारीले आजबाट आन्दाेलका कार्यक्रम सुरु गरेका छन् । ललितपुरकाे जावलाखेलबाट साझा सञ्चार मिडिया प्रा.लि काे नाममा सञ्चालनमा रहेकाे गाेर्खा टेलिभिजनले १२ जनाभन्दा बढि श्रमिकको पारिश्रमिक नदिए पछि आजबाट चरणबद्ध आन्दाेलनकाे थालनी गरेका हुन् ।

संस्थाका संचालक तेज बिक्रम थापाले कर्मचारीलाई काममा लगाएर पनि महिनाैंदेखिकाे बाँकी बक्यौता नदिएपछि पीडित पत्रकारहरुले श्रमजीवी-पत्रकार संघ, नेपालकाे केन्द्रीय कार्यालयमा निवेदन दिएका थिए । पटक-पटककाे अनुराेध र आग्रहपश्चात् पनि झुटाे आश्वासन दिदै झुल्याउन थालेपछि प्रतिकार स्वरुप आन्दाेलन थालिएकाे श्रमजीवीकाे हकहितका निम्ति लड्दै आएका संघका केन्द्रीय अध्यक्ष जन्मदेव जैसीले बताए ।

गाेरखा टिभी मात्र नभई कृषि टिभीमा काम गर्ने २ दर्जनभन्दा बढि पत्रकारहरुकाे न्यायका लागि लड्दै आएका अध्यक्ष जैसीका अनुसार श्रमजीवीहरुकाे लाखाैं रुपैयाँ महिनाैंदेखि नपाउँदा उनीहरुकाे बिचल्ली बनाउने साहुकाे घर घेराउ नै गरिएकाे, अब सबै श्रमजीवीहरुकाे संयुक्त सहभागितामा फेरि घर घेराउ गर्ने कार्यक्रम छ । सञ्चालक थापाले कर्मचारीलाई अनेक बहाना देखाउँदै समस्या पारिश्रमिक दिएका छैनन्। थापाले जावलाखेलबाट ३ वटा भन्दा बढि संस्था सञ्चालन गरेका छन् ।

जस्मा कृषि टेलिभिजन,कृषि सहकारी संस्था,र कृषि फेसलगायत रहेका छन् । उक्त टेलिभिजनमा काम गर्ने कर्मचारी झापा,जाजरकाेट,सुनसरि लगायतका क्षेत्रबाट आई काेठाभाडामा बसेर पत्रकारिता गर्दै आएका छन् । कर्मचारीहरुले पटक पटक पारिश्रमिककाे लागि ताकेता गरेपनि थापाले आफ्ना पकेटका २/४ जनालाई केही रकम दिएर अरु कर्मचारीकाे श्रम साेषण गर्दै आएकाे पिडित कर्मचारीहरुकाे गुनासाे छ ।

केही समय अगाडि श्रमजीवी-पत्रकार संघ, नेपालसँग गरेकाे सहमति अनुसार थापाले चुनावपछि २० गते सबै पैसा चुक्ता गर्ने सहमति भएपनि उनले फाेन न उठाउने के गर्न सकिन्छ त्यही गर भन्दै धम्कि दिने गरेकाे पनि उनीहरुकाे गुनासाे रहेकाे छ । पटक पटक ताकेता गर्दा पनि कुनै सुनुवाई नभएपछि कर्मचारीहरुले श्रमजीवी पत्रकारकाे हकहितमा आवाज उठाउने श्रमजीवी पत्रकार संघ, नेपाललाई गुहार गरेपछि अहिले श्रमजीवी पत्रकार संघकाे नेतृत्वमा आन्दोलन सुरु गरिएकाे हाे ।

आन्दाेलनकाे कार्यक्रम अन्तर्गत आज विहिबार साहु थापाकाे निवासमा गई घेराउसहित अान्दाेलनमा कार्यक्रमकाे घाेषणा गरिएकाे र आफ्ना माग पूरा गर्न र सबैकाे माग सम्वाेधन गर्न पिडितहरुकाे अनुराेध छ । आजबाट सुरु भएकाे आन्दाेलन निर्णायक माेडमा नपुगे सम्म र श्रमजीवी पत्रकारकाे सबै रकम भुक्तानी नगरे सम्म आन्दाेलन जारी रहने संघका अध्यक्ष जैसीले बताए । आन्दाेलन अन्तरगत थापाकाे निवास घेराउ साथै धर्ना , र माग पुरा नभए नारावाजी सहित रिले अनसन बस्न बाध्य हुने पीडितहरुले बताईएका छन्।

प्रतिक्रिया दिनुहोस्