Shadow

बेखबर चिनियाँ विदेशमन्त्री कहाँ छन् ?


  • -इ
  • इ+

चिनियाँ विदेशमन्त्री छिन काङ विगत तीन सातादेखि बेपत्ता छन् । उनी तीन साताअघि सार्वजनिक मञ्चबाट आलाप भएका हुन् । काङ २० दिनदेखि सम्पर्कबिहीन अवस्थामा छन् ।

गत डिसेम्बर अघि उनी अमेरिकाका लागि चिनियाँ राजदूतको रुपमा कार्यरत थिए । चिनियाँ कम्युनिस्ट पार्टीको डिसेम्बरमा सम्पन्न महाधिवेशनबाट काङ विदेशमन्त्रीमा नियुक्त भएका हुन् । उनी सी जिन पिङका विश्वासपात्रका रुपमा थिए । त्यही कारण राजदूत रहेकै अवस्थामा उच्च तहको जिम्मेवारी दिइएको थियो ।

हिजोमात्र काङ विदेशमन्त्रीबाट बर्खास्त गरिएको छ । उनको बर्खास्तीबारे चिनियाँ संचार संस्था सिन्ह्वाले प्रसारण गरेको छ । सिन्ह्वामा राष्ट्रपति सीले हस्ताक्षर गरेको समाचार प्रसारण गरेको छ ।

काङको ठाउँमा आक्रामक कूटनीति गर्ने पूर्वविदेशमन्त्री वाङ यीलाई ल्याइएको छ । उनलाई विदेशमन्त्रीको जिम्मेवारी दिइएकोमा विदेशी कूटनीतिज्ञले अर्थपूर्ण रुपमा हेरेको साउन चाइना मर्निङ पोस्टले लेखेको छ । दक्षिण अफ्रिकामा ब्रिकेस राष्ट्रको विदेश मन्त्रीहरूको सम्मेलनमा चीनको प्रतिनिधित्व गर्दै वाङ यी नै पुगेका थिए ।

बेइजिङमा गत जुनमा श्रीलंका, भियतनाम र रुसका कूटनीतिज्ञसँग काङले भेट गरेलगत्तै जून २५ बाट उनी बेखबर छन् । उनले यसअघि रूसका उपविदेशमन्त्री आन्द्रे रुदेन्कोसँग पनि भेट गरेका थिए ।

विश्वमा चीनको प्रभाव थप विस्तार गर्नुपर्ने र कूटनीतिक व्यस्तता अझ बढाउनु पर्ने बेला विदेशमन्त्री नै सार्वजनिक वृत्तबाट गायब हुने विषय निकै आश्चर्य र चिन्ताजनक रहेको कम्युनिस्ट पार्टी पत्रिकाको पूर्व सम्पादक देङ युवेनले बताएका छन् । ।

प्रतिक्रिया दिनुहोस्