Shadow

एक क्वीन्टल सुन प्रकरणले पोखरेल तानिए


  • -इ
  • इ+

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेललाई जिम्मेवारीबाट झिकिएको छ । केही दिनअघि एक क्वीन्टल सुन बरामद प्रकरणमा पदीय जिम्मेवारीबाट च्यूत भएको आरोपमा उनलाई हटाइएको हो । पोखरेल भने हाल २ महिने बिदामा छन् ।

सो भन्सारको नयाँ प्रमुखमा डा. टोकराज पाण्डेलाई जिम्मेवारी दिएको विभागले जनाएको छ । राष्ट्रिय किताब खाना (निजामती) महानिर्देशकबाट भर्खरै अर्थमा सरुवा भएका पाण्डेलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार प्रमुखको जिम्मेवारी दिइएका हुन् ।

अघिल्लो हप्ता भन्सार जाँच पास भएर बाहिर निस्किसकेको १०० किलो सुन सिनामंगलबाट बरामद भएपछि भन्सार प्रमुख पोखरेलसहित कर्मचारीहरु विवादित बनेका थिए । सुन तस्करीले भन्सार पाससमेत छल्न सकेको विषयलाई लिएर अर्थमन्त्री र गृहमन्त्रीको चौतर्फी आलोचना भएको छ । उनीहरुको राजीनामा सांसदहरुले नै मागेका छन् ।

प्रतिक्रिया दिनुहोस्