Shadow

लुम्बिनी प्रदेश पानीपानी : तिनाउको भीषण बाढीले बस्ती जोखिम


  • -इ
  • इ+

लुम्बिनी प्रदेशभर हिजो रातिदेखिको भीषण वर्षाले जताततै पानी पानी भएको छ । रुपन्देही, बुटवल क्षेत्रसहित तिनाउ नदीको तटीय क्षेत्रमा बाढीले खतराको चिन्ह पार गरेको छ ।

लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, पाल्पा, प्युठान र आसपास क्षेत्रमा भारी वर्षा मापन गरिएको छ । भीषण वर्षाका कारण तिनाउ र पश्चिम राप्ती नदीमा ठूलो बाढी आएको छ ।

जल तथा मौसम विज्ञान विभागको सूचना अनुसार तिनाउ नदी बाढीमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको छ । नदीमा पानीको बहाव बाढी बढ्दो क्रममा छ ।

नदीका तटीय क्षेत्र र आसपास डुबानमा परेका छन् । नदी सतह होचा स्थानमा बसोबास गर्नेलाई सुरक्षित स्थानमा रहन भनिएको छ । स्थानीय प्रशासनले सुरक्षा दस्तलाई तयारी अवस्थामा राखेको जनाएको छ ।

अविरल वर्षाका कारण स्थानीय साना खोलानालामा पनि पानीको बहाव बढ्दै गएको छ । नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रामा रहेकालाई समेत सतर्कता अपनाउन प्रशासनले सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्