
पारिश्रमिक नपाएपछि गाेर्खा टिभीका पत्रकार आन्दाेलनमा
लामाे समयबाट आफुले गरेकाे कामकाे मुल्य नपाएका गाेर्खा टेलिभिजनका कर्मचारीले आजबाट आन्दाेलका कार्यक्रम सुरु गरेका छन् । ललितपुरकाे जावलाखेलबाट साझा सञ्चार मिडिया प्रा.लि काे नाममा सञ्चालनमा रहेकाे गाेर्खा टेलिभिजनले १२ जनाभन्दा बढि श्रमिकको पारिश्रमिक नदिए पछि आजबाट चरणबद्ध आन्दाेलनकाे थालनी गरेका हुन् ।
संस्थाका संचालक तेज बिक्रम थापाले कर्मचारीलाई काममा लगाएर पनि महिनाैंदेखिकाे बाँकी बक्यौता नदिएपछि पीडित पत्रकारहरुले श्रमजीवी-पत्रकार संघ, नेपालकाे केन्द्रीय कार्यालयमा निवेदन दिएका थिए । पटक-पटककाे अनुराेध र आग्रहपश्चात् पनि झुटाे आश्वासन दिदै झुल्याउन थालेपछि प्रतिकार स्वरुप आन्दाेलन थालिएकाे श्रमजीवीकाे हकहितका निम्ति लड्दै आएका संघका केन्द्रीय अध्यक्ष जन्मदेव जैसीले बताए ।
गाेरखा टिभी मात्र नभई कृषि टिभीमा काम गर्ने २ दर्जनभन्दा बढि पत्रकारहरुकाे न्यायका लागि लड्दै आएका अध्यक्ष ...