
पाँच दिनपछि पत्रकार महासंघकाे क्रमशः धर्ना, घर घेराउ र सत्याग्रह
प्रेस विज्ञप्ति, ब्लोअप, भिडियाे, मनोरञ्जन, मिडिया कभरेज, सन्दर्भ समाग्री, सुचना, सुचना प्रविधि, हाम्राे गतिविधि
काठमाडौं । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐन अन्तर्गत ताेकिएकाे पारिश्रमिक र सेवासुविधा नदिने सञ्चारगृहमै सत्याग्रह गर्ने भएकाे छ । महासंघका महासचिव रमेश विष्टद्वारा हस्ताक्षरित चेतावनी पत्रमा अबकाे पाँच दिनभित्र समस्या हल नगरे धर्ना हुँदै सत्याग्रहसम्मका कार्यक्रम तय गरेकाे छ । पहिलाे चरणमा काराेबार दैनिक, अन्नपुर्ण दैनिक र राजधानी दैनिकमा पत्राचार गरि समस्या हलका लागि महासचिवद्वारा हस्ताक्षरित पाँच दिनकाे अल्टिमेटम पत्र विहिवार नै बुझाइएकाे त्यसपछि धर्ना, साहुहरुकाे घर घेराउ र सत्पाग्रहकाे कार्यक्रम तय भएकाे केन्द्रीय सदस्य जन्मदेव जैसीले जानकारी दिए ।
कोरोना महामारीको बहानामा अन्यायपूर्वक निष्कासित पत्रकारहरुको स-सम्मान पुनर्बहालीको माग गर्दै महासंघले धर्ना-घेराउदेखि सत्याग्रहसम्मका कार्यक्रम बनाइएकाे श्रमजीवी हित प्रवर्द्धन समितिका सह-संयाेजकसमेत रहेका जैसीले जनाए ।
निष्कासि...