विदेशमा रहेका ३५ हजार नेपाली संक्रमित, २६६ को मृत्यु
काठमाडौँ। तीन वर्षअघि काम गरेको सञ्चार संस्थाका सञ्चालकको प्रेम प्रस्ताव अस्वीकार गर्दा निरन्तर मानसिक यातना खेप्दै आएकी पत्रकार कञ्चन न्यौपानेलाई न्याय दिलाइ पीडक माधव गुरागाइँलाई हदैसम्मकाे कारवाही गर्न श्रमजीवी-पत्रकार संघ, नेपालले सरकारसमक्ष माग गरेकाे छ ।
साथै संघले वषाैंदेखि नेपाल आजमा काम गर्दै आएका पत्रकारहरूकाे पारिश्रमिक उपलब्ध गराउन पनि सराेकारवाला निकायकाे ध्यानाकर्षण गरेकाे छ । संघका अध्यक्ष जन्मदेव जैसीले आइतवार एक विज्ञप्तिमार्फत् चेतावनी दिंदै यदि आफूहरूले उठाएका माग पुरा नभए सराेकारवाला निकाय र स्वयं पीडक संस्थाविरूद्ध आन्दाेलनमा जाने बताएका छन् ।
नेपाल आजमा काम गर्ने वातावरण नभएपछि संस्था छाडेकी पत्रकार कञ्चन न्याैपानेले त्रासदीपूर्ण हैरानी बेहोर्नुपरेको एक लेखमार्फत यसैसाता खुलासा गरेकी छन् । अनेक बहानामा आफूलाई मात्र होइन, परिवार, आफन्त र सहकर्मीसम्मलाई फोन र म्य...