केन्द्रीय कार्यसमितिको तीतो मेटाउन शशांकको चिया
साउन २ गतेदेखि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक जारी छ । एकवर्षपछि बसेको केन्द्रीय समितिको बैठकमा दुई समूहका बीचमा तित्ततापूर्ण प्रस्तुति रह्यो । तर यही तिक्ततालाई कम गर्नका लागि नेपाली कांग्रेसका पूर्वमहामन्त्री वीपी पुत्र डा शशांक कोइरालाले मंगलवार चियापान आयोजना गरे । उनले काँग्रेस एक भएको खण्डमा देशमा ठूलो परिवर्तन आउने र अहिलेको आवश्यकता एकतावद्ध काँग्रेस हुनु रहेको बताए । कोइरालाले आफूले आयोजना गरेको चियापान समारोह काँग्रेसबीचको भाइचारा सम्बन्ध स्थापित गराउने माध्यम भएको बताए ।
उनले भने, ‘पार्टी एक भएको छ, यो पार्टी एक भएको खण्डमा नेपाली काँग्रेसले धेरै ठूलो परिवर्तन ल्याउन सक्छ । हामी एकतावद्ध भएर हिँड्नुपर्छ भनेर हामी भेला भएको हो । ५ दिन छलफल भयो, एक किसिमले रिल्याक्स गर्न पनि हो । भाइचाराको सम्बन्ध स्थापित गर्न चियापान आयोजना गरेको हो । आउँदो दिनमा कता जाने हो रु त्यो ...