Shadow

गोरखा र कृषि टिभीका पत्रकारको विचल्ली, श्रम शोषक तेजविक्रमको निवास घेर्ने


  • -इ
  • इ+

ललितपुर । ललितपुरको जावलाखेलबाट सञ्चालन भईरहेको गोर्खा र कृषि टेलिभिजनले कर्मचारीको बिचल्ली बनाएको छ । साझा सञ्चार मिडिया प्रा.लि.को नामले सञ्चालित आएको ती दुई टेलिभिजनले करिब ९ महिनादेखि कर्मचारीको तलवभत्ता नदिदा कर्मचारीहरुको बिचल्ली भएको हो ।

व्यवस्थापक तेजविक्रम थापाले महिनौंसम्म झुल्याएको र श्रमजीवीको श्रम शोषण गरेपछि अब निवास नै घेराउ गर्नुपर्ने स्थिति आएको श्रमजीवी पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीले बताए । ९ महिनादेखि पत्रकार र कर्मचारीलाई बिभिन्न आश्वासन दिएर काम गर्न लगाई दशै तिहार जस्तो चाड पर्वमा समेत तलव नदिएको कर्मचारीहरुको गुनासो रहेको छ । उक्त टेलिभिजनमा १५ जना भन्दा बढि कर्मचारीले काम गरिरहेका छन् ।

व्यवस्थापन पक्ष हेरिरहेकी टेलिभिजनको सिईओ लक्ष्मी चौधरीले राजिनामा दिदै कर्मचारीको बिचल्ली पारेर चुनावी मैदानमा राप्रपाको उम्मेदवार भएसँगै  उनको राजिनामासँगै टेलिभिजन सञ्चालक तथा सिईओ तेजबिक्रम थापा रहेका छन् । चौधरी कार्यालयमा रहेको अवधि सम्म केही कर्मचारीलाई ब्यक्तिगत रुपमा पैसा दिएर केही कर्एमचारीलाई आफ्कनो कब्जामा राअखी काम लगाएको भए पनि अन्य कर्मचारीहरले विगत ९ महिना देखी तलब नपाएको गुनासो गरीरहेका छन् । चौधरीको राजिनामासँगै कम्पनीका अध्यक्ष थापाले टेलिभिजन सञ्चालनको जिम्मेवारी लिएका थिए । जिम्मेवारी लिएका थापालाई कर्मचारीले पटक पटक ताकेता गरेपनि माग सुनुवाई नभएको गुनासो  कर्मचारीको छ ।

टाढाका जिल्लाबाट काठमाडौंमा डेरा गरी बस्ने पत्रकारलाई तलव भत्ता न दिदा उनीहरुको बास उठ्ने अवस्था रहेको छ ।  भक्तपुरमा समिट अस्पताल र जावलाखेलमा कृषि  सहकारी  र जावलाखेलबाटै कृषि टेलिभिजन  सञ्चालन गर्दै आएका तेजबिक्रम थापालाई यस विषयमा कुरा गर्दा भन े कुरा नै गर्न चाहँदैनन् । पहिलो उनी सम्पर्कमा नै आउन चाहदैनन सम्पर्कमा आएपनि यो विषयमा कुरा गर्न नचाहने र कुरा गरीहाले आफुसँग पैसा नभएको र जे सक्छौ गर भन्ने जस्ता धम्कि दिने गरेका छन् ।

बिडम्वना त के छ भने उनले सञ्चालन गरेको कृषि टेलिभिजनका कर्मचारिको हालत पनि एउटै रहेको छ । तलव भत्ता सहित बोनस दिने भनेर कर्मचारीलाई काम लगाएको र तलव होल्ड गर्ने संस्थाको नियम रहेको, २ महिनाको तलव बानेस सँगै दिने जस्ता अनेकन बाहाना बनाएर कर्मचारिको श्रम सोषण गर्दै आएका छन् ।

आवासमा रहेका कर्मचारी निकाला

यति मात्रै होईन थापा र पुर्व सिईयो मिलेर आवासमा रहेका एक कर्मचारीलाई चाडपर्वको समयमा आवासबाट निकालेका छन् । झापाबाट पत्रकारिता गर्दै आएका सरोज निरौलालाई अनेक आश्वासन दिएर काममा बोलाएको र तलव माग्दा पुर्व सिईयो र थापा मिलेर आवासबाट निकालेका निरौला बताउँछन्  ।

तिहारको समयमा पैसा दिनुहोस् भन्दा बस्न खान दिएको तँ हाम्रै बिरुद्धमा लाग्ने भनेर टेलिभिजनको आवासबाट आफुलाई निकाले र बिचल्निली बनाएको उनको भनाइ छ ।  खान बस्न दिने भनेर बोलाए पनि चिसो भुईमा सुत्नु पर्ने र खानाको व्यवस्थापन पनि आफै गर्नुपरेको अवस्थामा चाडबाडको समयमा बिचल्ली बनाएको निरौलाको भनाइ छ ।  टेलीभिजनको आवासबाट निस्कने बेला एक रुपैयाँ पैसा नभएको र  म हिँडेर भक्तपुर पुगेर आफन्तको सरणमा बसेको उनले बताए ।

कर्मचारीको फोन न उठाउने र अनेकन बाहना निकालेर भाका बढाउने थापाको बिरुद्धमा कर्मचारीले श्रमजीवी पत्रकार संघ, नेपालमा उजुरी दिए तर उनी उजुरी दिएको लामो समय पनि सम्पर्कमा आउन चाहेनन । अन्तिममा कर्मचारीले उनको कृषि सहकारीमा पुगेर संघका अध्यक्ष जन्मदेव जैसीको नेतृत्वमा गेटमा धर्ना बसेपछि उनी भेट्न सहमत भएका थिए ।

भेटमा पुर्व कर्मचारी र हालका कर्मचारीको बैठकले आगामी चुनाव पछिको एक हप्ता पछि तलव भुक्तानी गर्ने आश्वासन दिएर कागज गर्न सहमत भए । सहमति भएको कागजमा हस्ताक्षर गर्ने सहमति जनाएका थापा अहिले बेपत्ता बनेका छन्। कर्मचारीले पटक पटक फोन गर्दा न उठाउने र पुर्व कर्मचारी कोही टेलिभिजनको कार्यालय आएभने भित्र छिर्न नदिनु भनेर सुरक्षा गार्डलाई आदेश दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्