Shadow

चीनमा ४२ करोड ८० लाख फाइभ-जी मोबाइल प्रयोगकर्ता


  • -इ
  • इ+

चीनमा मे महिनाको अन्त्यसम्ममा फाइभ-जी मोबाइल प्रयोगकर्ताको संख्या ४२ करोड ८० लाख पुगेको उद्योग तथा सूचना प्रविधि मन्त्रालय (एमआईआईटी) ले मङ्गलबार जनाएको छ।
मन्त्रालयका अनुसार मेको अन्त्यसम्म १७ लाख फाइभ-जी बेस स्टेसनहरू शुरू गरेको थियो।

सुधारिएको सञ्जाल पूर्वाधारले डिजिटल अर्थतन्त्रको विकासको लागि बलियो जग खडा गरेको छ पनि मन्त्रालयले  उल्लेख गरेको छ  । प्रविधिलाई जीवनका सबै क्षेत्रमा व्यापक रूपमा लागू गरिएको र त्यसले उत्पादन उद्योगको डिजिटल रूपान्तरणलाई बढावा दिएको पनि मन्त्रालयले  जनाएको छ ।

फाइभ-जी औद्योगिक आधारहरूलाई थप सुदृढ गर्न मन्त्रालय प्रतिबद्ध  रहेको पनि मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्