Shadow

तलव पाएपछि श्रमजीवी-पत्रकार संघकाे आन्दाेलन फिर्ता


  • -इ
  • इ+

रुकुम पश्चिम / कार्यरत रेडियोबाट तलब नपाएपछि चरणबद्ध आन्दोलन गर्दै आएका रुकुम पश्चिमका पत्रकारहरुले बुधबारदेखिआन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । रुकुम पश्चिमको आठबिसकोटमा रहेको रेडियो नयाँ नेपाल एफएममा कार्यरत ६ जना पत्रकार र तथा कर्मचारीहरुले लामो समयसम्म काम गरेको पारिश्रमिक नपाएपछि रेडियो सञ्चालन समिति बिरुद्ध श्रमजीवी-पत्रकार संघ, नेपालकाे अगुवाइमा आन्दोलनका कार्यक्रम हुदै आएका थिए ।

बुधबार जिल्ला प्रशासन कार्यालय र पत्रकार महासंघका रुकुम अध्यक्ष लक्ष्मण केसीकाे समन्वयमा रेडियो सञ्चालक समितिले तलब उपलब्ध गराएपछि आन्दोलन फिर्ता गरिएको श्रमजीवी- पत्रकार संघ, नेपाल संघर्ष समितिका संयाेजक पत्रकार सत्य बटालाले जानकारी दिए । उहाँले रेडियोमा कार्यरत ६ जना पत्रकारहरु र रेडियो सञ्चालक समितिका अध्यक्ष मानबहादुर चनारा बिच छलफल भएर तलब उपलब्ध गराईएपछि आन्दोलन फिर्ता गरिएकाे बताए।

पीडित पत्रकारहरु हिरा परियार, सत्य बहादुर बटाला, प्रकाश गौतम, सुनिल बिक, सीता शाही, कल्पना बिकले २०७५ साउन महिना देखि २०७८ असार सम्मको तलब नपाएपछि तलब उपलब्ध गराईदिन श्रमजीवी-पत्रकार संघ, नेपालकाे केन्द्रीय कार्यालयमा निवेदन दिएका थिए । संघर्ष समितिका संयाेजक बटालाका अनुसार दुबै पक्ष बिच पटक पटक छलफल गरिएको, गत बर्ष र यस पटक पत्रकारहरुको पारिश्रमिक उपलब्ध हुँदा पीडित पत्रकारका तर्फबाट हुँदै आएका बिरोधका कार्यक्रम फिर्ता भएका छन् ।

जिल्ला प्रशासन कार्यालय, पत्रकार महासंघ, रेडियो सञ्चालन समिति र पीडित पत्रकारहरु बीच भएको छलफल पश्चात पत्रकारहरुलाई पारिश्रमिक उपलब्ध गराईएको र पत्रकारहरुको तर्फबाट भईरहेका बिरोधका कार्यक्रम फिर्ता लिएको संघका अध्यक्ष जन्मदेव जैसीले बताए ।

पत्रकारहरुको पारिश्रमिक दिलाउने अभियानमा सहयोग, समर्थन, शुभेच्छा व्यक्त गर्ने विभिन्न निकाय, आन्दोलनको कार्यक्रममा ऐक्यबद्धता जनाएर सहयोग गर्ने नेपाल पत्रकार महासंघ रुकुम शाखा अध्यक्ष लक्ष्मण केसीसहित शाखा, अन्य पेशागत संघ संगठनहरु नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठनलगायत जिल्लास्थित संचारकर्मीहरुलाई महासंघको तर्फबाट धन्यबाद व्यक्त गर्दै अध्यक्ष जैसीले आफ्नाे संघ, श्रमकाे उचित सम्मानका लागि सँधै तत्पर रहेकाे बताए ।

प्रतिक्रिया दिनुहोस्